२०२१ ग्रामी अवार्डको मनोनयन सार्वजनिक

कर्णालीटुडे २०७७, १५ मंसिर सोमबार २०:४४

एजेन्सी। ६३ औँ ग्रामी अवार्डको मनोनयनमा परेका गायक–गायिकाको नाम मंगलबार राति सार्वजनिक गरिएको छ। गायिका वियोन्स नलेस सबैभन्दा बढी विधामा मनोनयनमा परेकी छन्। उनी नौ वटा विधामा मनोनयनमा परेकी हुन्।

‘रेकर्ड अफ द इयर’ विधामा वियोन्सका दुईवटा गीत मनोनयनमा परेका छन्। वियोन्स अहिलेसम्म ग्रामीका विभिन्न विधामा ७९ पटक मनोनयनमा परेकी छन्। ग्रामी मनोनयनमा वियोन्सलाई अन्य महिला गायिकाले उछिन्न सकेका छैनन्।

वियोन्सपछि सबैभन्दा बढी विद्यामा टेलर स्विफ्ट, डुवा लिपा, रोड्डी रिच र क्वीन बे मनोनयनमा परेका छन्। उनीहरू सबै जना सन् २०२१ मा घोषणाहुने ग्रामीको ६–६ विधामा मनोनयनमा परेका छन्।

आउने वर्ष हुने ग्रामी अवार्ड कार्यक्रम ‘द डेली सोज्’की ट्रेभर नोहाले सञ्चालन गर्ने जनाइएको छ।

“म कुनै पनि विधामा मनोनित नहुँदा दुःखी छु। तर कार्यक्रम सञ्चालनको जिम्मेवारी पाउँदा उत्साहित भएकी छु,” नोहाले भनेकी छन्।

ग्रामीले एल्बम अफ द इयर, रेकर्ड अफ द इयर, सङ्ग अफ द इयर, बेस्ट न्यू आर्टिस्ट, बेस्ट पप भोकल एल्बम, बेस्ट रक एल्बम, बेस्ट अल्टरनेटिभ म्युजिक एल्बम, बेस्ट प्रोग्रेसिभ आर एण्ड बी एल्बम, बेस्ट ¥याप एल्बम, बेस्ट कन्ट्री एल्बम, बेस्ट ल्याटिन पप अर अर्वान एल्बम लगायत ८३ विधामा परेका मनोनितको नाम सार्वजनिक गरेको हो।

ग्रामी अवार्डका विजेताको नाम एक भव्य कार्यक्रमको आयोजना गरी सन् २०२१ जनवरी ३१ का दिन घोषणा गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तीन दिनदेखि जुम्लाको खलङ्गामा विद्युत आपूर्ति बन्द

२०७७, १५ मंसिर सोमबार २०:४४
जुम्ला । विद्युतगृहको यन्त्रमा खराबी आएपछि जुम्ला सदरमुकाम खलङ्गा बजारमा तीन दिनदेखि विद्युत आपूर्ति बन्द भएको छ । साना जलविद्युत् आयोजनाको घुघुतीस्थित विद्युतगृहका यन्त्र बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारमा विद्युत आपूर्ति बन्द भएको हो । वैकल्पिक व्यवस्थाका लागि जुम्ला सदरमुकाम पुर्‍याइएको डिजेल प्लान्ट पनि थन्किएपछि स्थानीयवासी अँध्यारोमा बस्न बाध्य भएको नागरिक […]

सम्बन्धित