सफलता सुत्र ३ ‘सिक्ने आदत’

राम वि शाम २०७७, १५ मंसिर सोमबार २०:२४

“सिक्ने आदत् बसेको मान्छेलाई संसारको कुनैपनिशक्तिले असफलबनाउन नै सक्दैन् ।” – राम वि शाम

सफलता भनेकै सिकाईको प्रतिफलहो । हामीजीवनमा जे जे सिक्न चाहान्छौँ र जे जे कुरा सिक्छौँ, त्यस्तै नै हाम्रो जीवनबन्ने हो । विश्वको ईतिहास पल्टाएर हेर्ने हो भने जतिपनि मान्छे सफलभए र भईरहेका छन् सबैले निरन्तर सिकिरहेको पाईन्छ । निरन्तर सिक्ने आदत् बसेका मान्छेलाई संसारको कुनैपनिशक्तिले असफलबनाउनै सक्दैन् ।

No Learning, No Earning,

जीवनमापैँसा क–कसले कमाउन चाहानुहुन्छ भनेर साध्ने हो भने कसैले पनिनाई भन्दैन होला । सबैजना पैँसाकमाउन चाहान्छन् तर बिडम्बना कोही कोहीबाहेक सबैजनाको जीवन गरिबीमै सकिन्छ । पैँसाकमाउनपनिचाहाने तर सिक्नपनिनचाहने यसो त हुँदैन् नी । जहाँसिकाई हुँदैन्, त्यहाँकहिल्यै पनि पैँसाले बास गर्दैन् ।

“जो सँधै सिक्छ, उही मान्छे बिक्छ र उही सँधै टिक्छ” – राम वि शाम

अहिले हामी २१ औँशताब्दीमा छौँ । यो समयभनेको साधारण मान्छेको समय नभई विशेष मान्छेको युगहो । विशेष मान्छे बन्न सक्ने सबैसँग क्षमता त हुन्छ तर असफलवाला सबै साधारण मान्छे भएर नै पूरा जीवनबर्बाद पारीदिन्छन् वाभनौँ सकाईदिन्छन् ।

सफलताकालागि पैँसा एउटा प्रमुखआधार हो । पैँसाविशेष मान्छेले मात्रकमाउन सक्छन्, विशेष मान्छे विशेष अनुभवले बनाउँछ । विशेषअनुभवविशेष ज्ञानबाट प्राप्त हुन्छ र विशेष ज्ञान सिकाईबाट प्राप्त हुन्छ । जो मान्छे सँधै सिक्छ, त्यही मान्छे बिक्ने हो र टिक्ने हो ।

साधारण जानकारीले कोही मान्छे पनिविशेष मान्छे बन्न सक्दैन् र बिक्ने कुरै भएन् । स्कूलबाट घोकिने कुरा र घोकेको वापतपाईने सर्टिफिकेट पनि साधारण जानकारी नै हो । स्कूले पढाईले मात्र कोहीपनिविशेष मात्रबन्न सक्दैन् । अघि पनिभनेँ, विशेष मान्छे बन्नकालागिअनुभव चाहिन्छ र अनुभवव्यवहारमा लागु गर्नाले नकीस्कूले घोकाईले ।

“मैले मेरो जीवनको धेरै समय किताब पढ्नमाविताएको छु” – बिल गेट्स

बिल गेट्सको बारेमा त मैले त्यति चर्चा गर्नु नपर्ला । सन् २०१८ सम्मकाविश्वकाधनीव्यक्ति र माईक्रोसफ्ट कम्पनीकामालिक । उहाँको माथिउल्लेखितभनाईबाटै प्रष्ट हुन्छ कीजीवनका सफलताकालागिसिकाईमा धेरै भन्दा धेरै लगानी गर्नुपर्छ ।

सिकाईको महत्वको बारेमा चर्चा गरेसकेपछि अब म सिक्ने तरिकाको बारेमा गहनहुँदैछु ।

संसारका धेरैलाई सिक्नुपर्छ भन्ने थाहाहुँदैन्, सिक्नुपर्छ भन्ने थाहापाएकालाई के सिक्नुपर्छ भन्ने थाहाहुँदैन्, के सिक्नुपर्छ भन्ने थाहापाएकालाई कसरी सिक्नुपर्छ भन्ने थाहाहुँदैन्, कसरी सिक्नुपर्छ भन्ने थाहाभएकाजतिले बुझ्दैनन् र बुझ्नेहरु सबै बदलिँदैनन् ।

साक्षर बन्नु भनेको सिकाईलाई सजिलो बनाउने सबैभन्दाउत्तमउपायहो तर अक्षर चिन्नुलाई सिकाई भनेर भ्रममानपर्नुहोला ।व्यक्ति अन्सार सिक्ने जन्मजात शैली फरक फरक हुन्छन् । कोहीमा देखेर सिक्ने, कोहीमा सुनेर र कोहीमा छोएर सिक्ने शैली हुन्छ ।

सर्वप्रथमतपाईले आफ्नो सिक्ने शैलीपहिचान गर्नुपर्छ । सिक्ने शैलीपहिचान गरिसकेपछि यो भन्दा अघिको स्तम्भसफलता सुत्र १ अनुसार आफ्नो सपना डिजाईन गर्ने र सिक्न शुरु गर्ने । एउटा सिकाई सकारात्मकमनोविज्ञान निर्माणका लागि र अर्को सिकाई आफ्नो सपनाभित्र रहेर क्षमताअभिबृद्धि गर्ने कुरामाफोकस हुनुपर्छ ।

विशेषबन्नकालागिआवश्यकविशेष ज्ञान सिक्ननिम्नानुसारका शैलीअपनाउन सकिन्छ ।

सकारात्मकमनोविज्ञान निर्माण लागिः–

क) मोटिभेशनलतालिमः– यस्ता खालकाकार्यक्रमखोजीखोजी लिनुपर्छ, मोटिभेशनलतालिममाआँखाचिम्लेर लगानी गर्न सकिन्छ, जे सिकिन्छ विशेष सिकन्छ । कुनैपनिप्रशिक्षकले वर्षौको अनुभव, खोज र लाखौँको लागनीमा मोटिभेशनलतालिमहरु तयार पारेको हुन्छ ।लाखौँको लगानी र वर्षौको अनुभव र खोजलाई हामीले थोरै समय र थोरै पैँसामासिक्न सक्छौँ ।

ख) मोटिभेशनलकिताबः– यस्ता प्रकारका किताबपनिखोजीखोजी पढ्नुपर्छ । मोटिभेशनलकिताबपनि लेखकले वर्षौको खोज, अनुभव र लाखौँको लगानीमाप्रकाशनमा लेखेका हुन्छन् । करोडौँको ज्ञान दुई÷चार सय रुपैँयामापाउन सकिन्छ ।

ग) मोटिभेशनलफिल्मः– साँच्चीकै पाठ सिक्ने र बदलिनचाहनेका लागिफिल्मपनि एक विशेष उपायको हो ज्ञानका लागि । फिल्म करोडौँलगानीमानिर्माण हुन्छ । सयौँ जनाको मेहनत, वर्षौको कामपछि निर्माण हुने फिल्म २ सय रुपैँयामा २ घण्टामा हेर्न सकिन्छ । आफ्नो जीवनबदल्नचाहनेकालागि एउटा फिल्म नै काफी हुन्छ । यस्ता खालका सयौँ फिल्मकानामबताउन सक्छु, आवश्यकलागेको खण्डमा मेरो ईमेलमा मेल गर्नु सक्नुहुन्छ ।

घ) मोटिभेशनल डकुमेन्ट्रीः– वर्षौको खोज अनुसन्धान र करोडौँको लगानीमानिर्माण हुने डकुमेन्ट्रीले अपार ज्ञान दिन्छ ।

ङ) मोटिभेशनलकथाः– प्रेरित गर्ने कथाले सँधै हामीलाई उर्जा थपिरहन्छन् र सफलहुनकालागिअगाडी बढ्नकालागि सघाउँछन् ।

च) सफल मान्छेको जीवनीः– सफल मान्छेको जीवनीपनिसिकाईको एक प्रमुखआधार हो । सफल मान्छेहरु के गर्छन् ? सफल मान्छेसँग कस्तो खालको पद्धति हुन्छ ? सफल मान्छेहरु कसरी समस्यालाई अवसरमा रुपान्तरण गर्छन् ? सफल मान्छेहरु कस्ता पीडाहरुका विचबाट आफूलाई उठाउँछन् ?

यी यस्ता सम्पूर्ण कुराको उत्तर सफल मान्छेको जीवनीबाट नै पाईन्छ । विश्वकाविभिन्नक्षेत्रका फरक फरक सफल मान्छेको आत्मकथावाजीवनखोजीखोजी पढ्नुपर्छ । अहिले त जीवनी भिडियोमा पनिउपलब्ध हुन्छ । आदी ।

सपनाअनुसारको क्षमताअभिबृद्धि लागिः–

क) सम्बन्धितकलेजः– सपनाअनुसारको क्षमताअभिबृद्धि गर्नका लागिकलेज पढ्न सकिन्छ । पढेको कुरा व्यवहारिक तरिकाले सिक्नपाईने कलेजमा पढ्नुपर्छ ।

ख) सम्बन्धिततालिमः–जस्तो कीतपाईको सपनागायकबन्ने हो भने गायकीसिकाउने सम्बन्धितठाउँमा तालिमलिनुपर्दछ ।

ग) सम्बन्धित क्षेत्रमास्वंयसेवकः– सबैभन्दाउत्तमतरिकाले क्षमताअभिबृद्धि गर्ने उपायभनेको स्वंयसेवा गर्ने हो । यदितपाईको गायकबन्ने सपनाहो भने कुनै सफलगायकसँग रहेर उसको सेवा गर्न सकिन्छ । कुनैपनिगितसिकाउने तालिम केन्द्र वा दोहोरी साँझमाकाम गर्न सकिन्छ ।

अधिकांश सफलगायक÷गायिक दोहोरी साँझमाकाम गरेको अनुभव सुनाउँछन् ।पैँसानपाएपनि स्वंयसेवकतरिकाले काम गर्नुपर्छ । जसरी गाडीको चालकबन्नु अघि सह–चालकभएर काम गर्ने गरिन्छ ।

घ) निरन्तर अभ्यासः–क्षमताअभिबृद्धिका लागि निरन्तर अभ्यास जरुरत पर्दछ । निरन्तर अभ्यासले नै मान्छेलाई विशेष बनाउने हो ।

सिक्ने चाहाना राख्नुहोस्, सिकाउनेहरु आफै अगाडी उपस्थित हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२०२१ ग्रामी अवार्डको मनोनयन सार्वजनिक

२०७७, १५ मंसिर सोमबार २०:२४
एजेन्सी। ६३ औँ ग्रामी अवार्डको मनोनयनमा परेका गायक–गायिकाको नाम मंगलबार राति सार्वजनिक गरिएको छ। गायिका वियोन्स नलेस सबैभन्दा बढी विधामा मनोनयनमा परेकी छन्। उनी नौ वटा विधामा मनोनयनमा परेकी हुन्। ‘रेकर्ड अफ द इयर’ विधामा वियोन्सका दुईवटा गीत मनोनयनमा परेका छन्। वियोन्स अहिलेसम्म ग्रामीका विभिन्न विधामा ७९ पटक मनोनयनमा परेकी […]

सम्बन्धित