सफलता सुत्र २ ‘गुरु छनोट’

कर्णाली टुडे
राम वि शाम २०७७, १५ मंसिर सोमबार २०:१४

संसारका हरेक मान्छे सफलताप्राप्त गर्न चाहान्छन् तर ९५ प्रतिशतभन्दा बढि मान्छेहरु असफल छन् । मैले यो भन्दा अगाडिको स्तम्भमासफलता सुत्र १ लेखिसकेको छु, छुट्नुभएका पाठक वर्गले यस अघिका हरेक सोमबारका स्तम्भ पढ्न सक्नुहुनेछ ।

सफलता सुत्र १ पछि आजको स्तम्भसफलता सुत्र २। संसारका सफल मान्छेहरुको ईतिहास खोज्दै जाँदा, हरेक सफलव्यक्तिहरुको पछाडी कसै न कसेको हात रहेको भेटिन्छ । कुनै व्यक्तिले जीवनमा सफलताप्राप्त गर्न कसै न कसैको मार्गनिर्देशनअनिवार्य चाहिन्छ ।त्यसो त मैले “गुरु छनोट” गर्नुलाईसफलता सुत्र २ को रुपमा प्रस्तुत गरेको छु ।

गु.अँध्यारो, रु.उज्यालो । अँध्यारो जीवनलाई उज्यालोतिर लैजानकालागिमार्गनिर्देशन गर्नेव्यक्तिलाई नैगुरुभनिन्छ । गुरुकोबारेमा कुरा गरिरहँदा स्कूल पढाउने शिक्षकगुरु मान्ने चलन छ यहाँ । आँैलामागन्न सकिने बाहेक अरु सबै शिक्षकलाई गुरु मान्न सकिदैन् र मिल्दैन् । “शिक्षक गुरु कीगोरु” शिर्षकमा यो भन्दा अगाडीको स्तम्भआईसकेकोले यसलाई धेरै व्याख्या गरिन ।

संसारमा महान र असलगुरुको खडेरी छ तर खोज्नेहरुकालागिप्रशस्त भेटिन्छन् पनि । एउटा समय थियो, गुरु खोज्न कुनाकन्दरा, जंगलतिर जानुपथ्र्यो, आध्यात्मिक क्षेत्रमामात्र गुरु हुन्छ । अब समय यस्तो आईसकेको छ, भित्रीआनन्दकालागिमात्र गुरु नभएर बाहिरी सफलताकालागिपनि गुरु (लाईफ कोच) छनोट गरिन्छ । सफलताकालागिगुरुले खेल्ने भूमिकाकाप्रशस्तउदाहरण भेटाउन सकिन्छ ।

भगवान कृष्णको पालाको कुरा गरौँ । अर्जुन आफैमा क्षमतावानथिए तर क्षमतावानहुँदाहुँदै युद्धको समयमा हरेष खाएको बेलामाभगवान कृष्णले मार्गनिर्देशन गर्नुभएको कुरा छ । भगवान कृष्णले अर्जुनलाई गरेको मार्गनिर्देशनको सारसंक्षेप नै श्रीमद् भागवत्गिताकिताबहो ।

चन्द्रगुप्तलाई चाणक्यले मार्गनिर्देशन गरेका थिए । अमेरिका पूर्व राष्ट्रपति बिल किल्टन राजनैतिक र व्यक्तिगत रुपमा सफलहुनकालागि मोटिभेशनल स्पीकर टोनी रबिन्सले कोच गरेका थिए ।भारतकाप्रधानमन्नत्री मोदीले स्वामीदयानन्द सरस्वतीलाई गुरु मान्नुहुन्छ ।भारतियक्रिकेटर सचिन तेन्दुलकरलाई उनका गुरु रामचरणले कोच गरेका थिए । नेपालीचर्चित लेखक तथाअभिनेता खगेन्द्र लामिछाने अनुप बरालाई गुरु मान्नुहुन्छ ।

सबै सफलव्यक्तिको जीवनीखोतल्दै जाने हो, सबैको गुरुको नाम भेटाउन सकिन्छ । कतिले गुरुको नाम खुलाउँछन् त कतिले गोप्य राख्न चाहान्छन् ।

विकसित देशहरुमागुरुको महत्वबुझेका र जीवनमा साँच्चीकै महान सफलताप्राप्त गर्न चाहने व्यक्तिले कुनै काम शुरु गर्नुभन्दापहिले लाईफ कोच वा गुरु छनोट गर्छन् र गुरुको मार्गनिर्देशनअनुसार काम गर्छनु र भने जस्तो सफलताप्राप्त गर्छन् ।

विदेशमामात्र हैन नेपालमा समेत त्यस्तो प्रचलनआईसकेको छ । हामीले कुनैपनि क्षेत्रमाप्रवेश गर्नुभन्दापहिले गुरु छनोट गर्ने र गुरुले देखाएको बाटोमा जाने हो भने अवश्यपनि सफलताहात पर्दछ ।

सानो सोच राख्ने र जीवनमामहान सपनानभएकाहरुलाई सबै आफै थाहा छ भन्ने भ्रम हुन्छ । असफलव्यक्तिअरुको सल्लाहलिन रुचाउँदैनन् । जो महान सोच र महान सपनाका साथ अघि बढेको छ उसले मात्रयी सबै कुरा विश्वास गर्छ ।

तपाई सबैलाई मेरो अनुरोध यदितपाई जीवनमामहान सफलताहातपार्न चाहानुहन्छ भने र सफलताको गज्जब सुत्र चाहानुहुन्छ भने त्यो हो गुरु वालाईफ कोच छनोट । नेपालमालाईफल कोच गरिरहेका व्यक्तिलाई तपाईले १ वर्ष, २ वर्ष, ५ वर्ष, १० वर्ष या त्यो भन्दामाथिको समयको लागि सम्झौता गर्न सक्नुहुन्छ ।

जीवनमा कसरी सपनाबनाउने, कसरी सफलताप्राप्त गर्ने, कसरी पैँसाकमाउने, कसरी खुसीप्राप्त गर्ने सबै कुराको समाधान गुरु वालाईफ कोचले गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सफलता सुत्र ३ 'सिक्ने आदत'

२०७७, १५ मंसिर सोमबार २०:१४
“सिक्ने आदत् बसेको मान्छेलाई संसारको कुनैपनिशक्तिले असफलबनाउन नै सक्दैन् ।” – राम वि शाम सफलता भनेकै सिकाईको प्रतिफलहो । हामीजीवनमा जे जे सिक्न चाहान्छौँ र जे जे कुरा सिक्छौँ, त्यस्तै नै हाम्रो जीवनबन्ने हो । विश्वको ईतिहास पल्टाएर हेर्ने हो भने जतिपनि मान्छे सफलभए र भईरहेका छन् सबैले निरन्तर सिकिरहेको […]

सम्बन्धित