म्याराडोनाका डाक्टरको घरमा प्रहरीको छापा

कर्णालीटुडे २०७७, १५ मंसिर सोमबार १९:२८

काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधनको चार दिनपछि प्रहरीले उनका डाक्टर लियोपोल्डो लुकेको क्लिनिक र घरमा छापा मारेको छ ।

म्याराडोनाको उपचारमा कुनै लापरबाही गरिएको आशंकामा डाक्टरको घरमा छापा मारिएको हो । ६० वर्षको उमेरमा म्याराडोनाको ब्युनस आयर्सस्थित आफ्नै घरमा हृदयाघातको कारण मृत्यु भएको थियो ।

म्याराडोनाकी छोरीले आफ्ना पितालाई कुन औषधि दिइएको थियो भन्ने कुराको अनुसन्धान हुनुपर्ने माग राखेकी थिइन् । नोभेम्बरको सुरुमा नै म्याराडोनाको मस्तिष्कबाट ब्लड क्लट निकाल्नका लागि गरिएको अपरेसन सफल भएको थियो । त्यसका साथै मदिराको लत छुटाउन पनि उनको उपचार चलिरहेको थियो ।

म्याराडोनाका डाक्टर लुकेले प्रहरीको अनुसन्धानमा आफूले सहयोग गरिरहेको बताएका छन् । उनले म्याराडोनाको लागि अन्तिम समयसम्म पनि आफूले प्रयास गरेको बताउका छन् । करिब ३० प्रहरीले आइतबार लुकेको घर र अन्य ३० जनाले उनको क्लिनिकलमा छापा मारेका थिए ।

यो छापाबाट म्याराडोनाको मृत्युको अन्तिम दिन के के भएको थियो भन्ने पत्ता लगाउने प्रयास गरिएको हो । म्याराडोनालाई स्वास्थ्यलाभका लागि घर पठाउँदा उनी घर पठाउने अवस्थामा नरहेको र उनलाई क्लिनिकमा नै राखेर उपचार गराउनुपर्ने अवस्था रहेको बताइएको छ ।

स्रोत : बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानमा कार बम विष्फोट, कम्तीमा ३० सुरक्षाकर्मीको मृत्यु

२०७७, १५ मंसिर सोमबार १९:२८
काठमाडौं । अफगानिस्तानको घान्जी प्रान्तमा आइतबार भएको कार बम विष्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुका अनुसार विष्फोटको प्रकृति र स्थान हेर्दा मृतकको संख्या अझै बढ्न सक्छ । घान्जीको प्रोभिन्सियल हस्पिटलका निर्देशक बाज मोहम्मद हेमातले उक्त विष्फोटमा अहिलेसम्म ३० शव फेला परेको र २४ घाइतेलाई अस्पताल […]