काठमाडौं । नेपाली बजारमा ‘ह्वावे वाच जीटी थ्री प्राे’ माेडलकाे स्मार्टवाच भित्रिएकाे छ ।
१.४३ इन्चको टाइटनियम एमोलेड डिस्प्ले रहेको याे स्मार्टवाच हार्मोनी अपरेटिङ सिस्टम २.० मा आधारित छ, जुन एन्ड्रोइड ६ र आईओएस ९ माथिका डिभाइसमा पनि कम्प्याटिबल रहेको कम्पनीले जनाएको छ ।
ईसीजी, डाइभिङ मोड लगायतका फिचर रहेकाे वाचमा डुअल-ब्यान्ड ए-जीपीएस दिइएकाे छ । त्यस्तै यसले ब्लुटुथ ५.२ सपाेर्ट गर्छ ।
कम्पनीका अनुसार याे स्मार्टवाच प्रिमियम मटेरियलसहित बनेकाे छ । यसले शरीरकाे तापक्रम, मुटुकाे गति, निद्रा मापनदेखि अन्य फिटनेस ट्र्याकिङकाे काम गर्ने बताइएकाे छ ।
वाटर रेसिस्ट्यान्टका लागि आईपी६८ दिइएको याे वाचकाे तौल ५० ग्राम छ । त्यस्तै यसमा ५३० एमएएचको नन-रिमुभेबल (निकाल्न नमिल्ने) ब्याट्री रहेको छ, जसले वायरलेस चार्जिङ सपोर्ट गर्छ ।
नेपाली बजारमा यसकाे मूल्य ४७ हजार ९९० रुपैयाँ निर्धारण गरिएकाे छ ।
कर्णाली टुडे । १२ असार २०७९, आईतवार १७:१२