साउथबाट बलिउड भित्रिने थुप्रै अभिनेत्री छन् । उनीहरुले बलिउडमा राम्रो पहिचान बनाएको देख्न सकिन्छ । त्यसो त बलिउडबाट साउथ इन्डियन फिल्म क्षेत्रमा प्रवेश गरेका पनि थुप्रै अभिनेत्री देख्न सकिन्छ । तर साउथमा सफल भएको कमै उदाहरण छन् । यी हुन् साउथमा करियर बनाउन असफल ५ बलिउड अभिनेत्री ।
बिपाशा – बिपाशा बसुले २००१ मा फिल्म ‘अजनबी’ को नेगेटिभ भुमिका मार्फत अभिनय करियर सुरु गरेकी हुन् । त्यसपछि २००२ मा उनले ‘राज’ अभिनय गरिन् । दुबै फिल्मको सफलतापछि २००२ मै उनले साउथ फिल्म ‘टक्करि दाग’ अभिनेता महेश बाबुको साथ अभिनय गरेकी थिइन् । यो फिल्म असफल सावित भयो ।
अमृता -२००२ मा फिल्म ‘अब के बरस’ बाट अभिनय करियर सुरु गरेकी अमृता रावले त्यसपछि ‘इश्क विश्क’, ‘मै हुँ न’ जस्ता फिल्म दिएकी थिइन् । २००७ मा उनले तेलुगू फिल्म ‘अथिदी’ अभिनय गरिन् । महेशबाुबको जोडीको रुपमा फिल्म अभिनय गरेकी उनको यो फिल्म असफल सावित भएको थियो ।
आयशा– २००४ मा निर्माण भएको फिल्म ‘टारजन द वन्डर कार’ बाट बलिउड डेब्यु गरेकी आयशा टाकियाले डेब्यु फिल्मबाटै बलिउडमा अवार्ड उचाल्न सफल भएकी थिइन् । २००५ मा नागार्जुनसँग ‘अक्किनेनी’ र त्यसपछि ‘रोबरी’ नामक साउथ फिल्म अभिनय गरेकी उनले राम्रो प्रतिक्रिया नपाएपछि साउथबाट टाढा भइन् ।
मनिषा -मनिषा कोइरालाले १९८९ मा बलिउड अभिनयमा डेब्यु गरेकी थिइन् । ‘सौदागर’, ‘१९९४ ः ए लव स्टोरी’ लगायत कयौ हिट फिल्म दिएकी उनले १९९६ मा नागार्जुन र राम्या कृष्णका साथ ‘क्रिमनल’ नाम साउथ फिल्म अभिनय गरेकी थिइन् । त्यसपछि पनि दुई साउथ फिल्म अभिनय गरेकी उनले साउथमा सफलता भने प्राप्त गर्न सकिनन् ।
ट्वीङ्कल – ट्वीङ्कल खन्नाले बलिउड करियरको सुरुवात ‘बरसात’ बाट गरेकी थिइन् । यो फिल्मबाट अवार्ड समेत हात पार्न सफल उनले जति बलिउड फिल्म अभिनय गरिन् धेरै असफल भए । १९९९ मा साउथ फिल्म ‘सीनु’ अभिनय गरेकी उनले यो फिल्मको असफलतापछि साउथ अभिनय छोडिन् ।
कर्णाली टुडे । ८ असार २०७९, बुधबार १७:२७