लाम्पार्ड भन्छन, क्रिस्टियनको प्रतिभामा शंका थिएन

कर्णाली टुडे
२०७७, १५ कार्तिक शनिबार १७:०१

कर्णाली । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले टिमका युवा स्ट्राइकर क्रिस्टियन पुलिसिकको प्रतिभामा कहिल्यै आफूलाई शंका नरहेको बताएका छन् । क्रिस्टियनमाथि भरोसा गर्न ढिलाई गरेको भन्ने रेड बुल साल्जबर्गका म्यानेजर जेस्से मार्स्चको आरोपको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । क्रिस्टियन बेरुसियाबाट साढे ७ करोड डलरको डिलमा सो क्लवमा भित्रिएका थिए ।

साल्जबर्गविरुद्ध २०१९–२० को प्रि–सिजन म्याचमा पोलिसिकले नवनियुक्त कोच लाम्पार्डको मातहतमा दुई गोल गरेका थिए । तर वेस्ट लन्डनमा उनको सुरुवात सुस्त थियो । अन्ततः पुलिसिक पहिलो रोजाइका नियमित खेलाडी बने । कोरोना भाइरसका कारण लागू गरिएको लकडाउन समाप्त भएर फुटबल सुचारु भएसँगै चेल्सीमा उनले उत्कृष्ट प्रदर्शन गरे ।

आर्सेनलविरुद्धको एफए कप फाइनलमा चोटग्रस्त भएपछि उनी क्रास्नोदारविरुद्ध ४–० को जितसँगै मैदान फर्किए । सो नतिजापछि लाम्पार्डले मार्स्चको हालैको अन्तर्वार्तालाई जवाफ दिँदै भने, ‘मैले उनको प्रतिक्रिया पढेँ र जेस्सेले मेरो दिमागलाई पढ्न सफल भएकोमा अचम्भित भएँ ।’

जोस्सेले आफूहरुबीचको सम्वादलाई गलत तरिकाले सुनाएको आरोप उनले लगाएका छन् ।

‘यसलाई मैले ठिक तरिकाले बताउनुपर्छ । साल्जबर्गविरुद्धको म्याचमा क्रिस्टियनले दुई गोल गरेपछि जेस्सेले मसँग आएर भनेका थिए कि उनी असाध्यै प्रतिभाशाली खेलाडी हुन् । मैले त्यसमा सहमति जनाएको थिएँ । साथै, मैले यो पनि थपेको थिएँ कि उनले आफ्नो प्रतिभालाई आगामी दिनमा कसरी विकास गर्छन् भन्ने हेर्नुपर्ने छ । वास्तविक सम्वाद यत्ति हो । तर, जेस्सले यसलाई अलि फरक तरिकाले पेश गरे ।’

‘मलाई लाग्छ कि अघिल्लो सिजनमा उनको प्रदर्शन निकै उत्कृष्ट थियो । उनी अहिले युवा अवस्थामा नै भएकाले आगामी दिनमा अझै निखारिँदै जानेछन् । तर, मलाई उनप्रति कहिल्यै शंका थिएन,’ लाम्पार्डले थपे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशको राजधानीमै डेंगी प्रकोप

२०७७, १५ कार्तिक शनिबार १७:०१
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा डेंगी ज्वरोका बिरामी बढेका छन् । पछिल्लो तीन महिनामा लामखुट्टेको टोकाईबाट सर्ने डेंगीको संक्रमण व्यापाक रुपमा फैलिन थालेको हो । जनस्वास्थ्य कार्यालय सुर्खेतका अनुसार पछिल्लो तीन महिनामा एक सय दुईजना डेंगीबाट संक्रमित भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा सबैभन्दा धेरै डेंगीबाट संक्रमित भएका छन् । […]