मदन भण्डारी राजमार्गका लागि दुई अर्ब ९१ करोड बजेट

काठमाडौं । सरकारले मदन भण्डारी राजमार्ग का लागि दुई अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन्। चालु आवमा यो कार्यक्रमका लागि तीन अर्ब २० करोड बजेट विनियोजन गरिएको थियो।